दराज ११:११ मा होनोर मोबाइलको आकर्षक अफर |
काठमाडौं । होनोर मोबाइलको आधिकारिक बिक्रेता सेल सेलट्रोन नेपालले दराज ११:११ को अवसरमा विभिन्न प्रकारका आकर्षक अफर ल्याएको छ । नोभेम्बेर ११ देखि सुरुवात हुने दराज ११:११ को अफर ल्याइएको कम्पनीको भनाइ छ ।
११:११ को मुख्य आकर्षण फ्री गिफ्ट भएको बताइएको छ । होनोर एक्स७, होनोर एक्स८ वा होनोर ५० लाइटको कुनै पनि मोबाइल खरिदमा होनोर इयर बड एक्स३ लाइट नि:शुल्क पाउनेछन् । साथै होनोर एक्स ९ को खरिदमा होनोर ब्यान्ड ६ नि:शुल्क पाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, कम्पनीले आफ्ना एक्सेसरिजमा पनि आकर्षक छुट दिएको छ । ५ हजार ४९० मूल्य को एयर बड ४ हजार ४४९ र ६ हजार ४९० मूल्यको होनोर ब्याण्ड ६ ५ हजार ४९० मा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।