खल्तीले ल्यायो १०० रुपैयाँको टपअपमा इ-स्कुटर जित्ने अफर |
काठमाडौं । खल्तीले आफ्नो प्रयोगकर्तालाई १०० रुपैयाँको टपअप गरी “आइमा इ-स्कुटर ’ जित्ने अफर ल्याएको छ। यसका साथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्ने मौका पनि पाउनेछन्।
प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन् ’ मा गएर “खल्ती मा आइमा इ-स्कुटर” आईकन बाट रू.१०० को रिचार्जरटपअप गर्नुपर्ने छ। आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्।
सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप आइमा इ-स्कुटर प्राप्त गर्नेछन्। साथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्नेछन्। यो अफर कार्तिक २४ देखि पौष १६ सम्म लागु हुने कम्पनीले जनाएको छ ।