रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेे |
काठमाडौं । मानव सेवा तथा सामाजिक क्षेत्रमा संचेत नागिरक उत्पादनगर्ने उदेश्यका साथ रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
रोटरी क्लब अफ बाग्मती, काठमाडौ र साउथ वेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो । बसुन्धरास्थित साउथ वेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने क्यापस प्रमुख डा. राजेन्द्र केसीले जानकारी दिए ।
वक्तृत्वकलाको बिषय रोटरीको चार शुत्रिय मार्गहरु राखिएको छ । जसमा एउटा विद्यालय तथा कलेजबाट एक जना छात्र र एक जना छात्रा गरी दुई जनाले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएका छन् ।
वक्तृत्वकलामा प्रथम हुनेले १५ हजार, द्वितय हुनेले १० हजार, तृतिय हुनेले ५ हजार तथा सान्तवना पुरस्कार चार जनालाई १⁄१ हजार रुपैयाँका साथै मेडल तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले बताएका छन् ।