सीजी डिजिटलकोे नयाँ शोरुम किर्तिपुरमा |

काठमाडौं । काठमाडौंको किर्तिपुरमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबारदेखि किर्तिपुरको शोरुम सञ्चालनमा ल्याएको हो । सीजी तथा एलजीका इलेक्ट्रोनिक्स सामानहरुलाई उपभोक्ता माझ सहजरुपमा पुर्याउन शोरुम किर्तिपुरमा खोलिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ शोरुममा सीजी तथा एलजीका होम इण्टरटेनमेण्ट, होम एप्लाएन्सेज, एयर कण्डिसनरलगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु राखिएका छन् । नयाँ शोरुम सञ्चालनको अवसर पारेर सीजी तथा एलजीका कुनैपनी सामान खरिदमा विशेष प्रबद्र्धनात्मक स्कीम लागू गरेको छ । यो स्कीम सिमित समय सम्मका लागि लागू गरिएको कम्पनीले उल्लेख गरेको छ ।
