चिरख्वा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो |
काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको छ ।
कम्पनीले कात्तिक १७ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।