नेष्डो समृद्ध लघुवित्तको खुद नाफामा सुधार |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ११.३०% ले बढेको हो ।
संस्थाको खुद ब्याज आम्दानी १०.५३% र सञ्चालन नाफा ११.३०% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । यसले खराब कर्जा पनि सुधार गरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा नेष्डोको रिजर्भ कोष ३१.१०% ले बढेर ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । नेष्डोको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ ।
पहिलो त्रैमासको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी (वार्षिक) ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।