एनआईसी एशिया लघुवित्तको नाफा ६८.१८ प्रतिशतले घट्यो |
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ६८.१८ प्रतिशत घटेर ६ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.९० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७०.०६ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.४१ प्रतिशत र सञ्चालन मुनाफा ६८.१७ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३१ रुपैयाँ ३ पैसा घटेर १५ रुपैयाँ १३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ५४.६८ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १.८२ प्रतिशत घटेको छ भने कर्जा ०.६१ प्रतिशत बढेको छ।