छिमेक लघुवित्तको नाफा ५३.७१% ले बढ्यो |
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ५३.७१ प्रतिशत बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि लघुवित्तको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३८.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २९.८५ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड ४९ लाख रुपैयाँमा झरेसँगै सञ्चालन मुनाफा ५२.७४ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ८४ पैसा बढेर ५६ रुपैयाँमा ६४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १०.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप तथा सापटी ४.७८ प्रतिशत र कर्जा २.१५ प्रतिशत बढेको छ।