सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश |
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । आजै लामिछाने विरुद्धको बलात्कारको मुद्दामा थुनछेक बहस सकिएको थियो ।
सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।