भारतको मुुम्वइमा हुने अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाललाई निम्तो |
काठमाडौं । भारतको मुम्वइमा आगामी जनवरीमा आयोजन हुने वृहत अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाला सुनचाँदी ब्यवसायीलाई पनि आमन्त्रण गरिएको छ । मेला आगामी जनवरी ५ देखि ९ सम्म भारतको मुम्वइमा आयोजना हुने छ ।
मेलामा सहभागिता जनाउन आग्रह गर्दै भारतको जिजेइपिसीका सिनियम म्यानेजर अजय पुरोहितले महासंघका अध्यक्ष शाकयलाई विहिबार औपचारिकरुपमा निमन्त्रणा दिए ।
बर्षेनी आयोजना हुँदै आएको उच्चस्तरीय इण्डिया इन्टरन्यासनल ज्वलरी शोमा भाग लिनका लागि नेपाल सुनचाँदी ब्यवासायी महासंघलाई औपचारिकरुपमा आमन्त्रण गरिएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
अध्यक्ष शाक्यका अनुसार इण्डिया इन्टरन्यासनल ज्वलरी शो मार्फत नेपाल र भारत दुई देशवीचको प्रविधि हस्तान्तरण एवं ब्यापार विस्तारमा समेत सहयोग पुुग्ने बताए । यसअधि पनि उक्त शो मा नेपालवाट महासंघको प्रविनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ ।