फर्स्ट माइक्रोफाइनान्सको नाफा ६१.७९% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६१.७९% ले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ९४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ९८.१०% ले बढेर १२ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
यता, सञ्चालन नाफा पनि ६१.८०% ले बढेर ९ करोड ११ लाख २ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १५ पैसाले बढेर २६ रुपैयाँ ४५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।