जानकी फाइनान्सको खुद नाफामा ९१.३४% गिरावट |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जानकी फाइनान्सको खुद नाफा ९१.३४% ले घटेर २४ लाख १९ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्षको यसैअवधिमा भने २ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने २४.६२% ले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यद्दपि, जानकीको खराब कर्जामा भारी वृद्धि भएपछि खुद नाफा प्रभावित बनेको छ । प्रभिजनिङको रकम (इम्पेयरमेन्ट चार्ज) ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसका कारण सञ्चालन नाफा ८९.९३% ले घटेर ३४ लाख १६ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । असोज मसान्तसम्म आइपुग्दा जानकीको खराब कर्जा १०.०२% पुगेको छ । गत वर्ष यसै अवधिमा खराब कर्जा ४.१५% मात्र थियो ।
खुद नाफामा गिरावट आएका कारण यस फाइनान्सको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ २५ पैसाले घटेर १ रुपैयाँ ४० पैसा (वार्षिक) मा सीमित भएको छ । जानकी फाइनान्सको प्रतिसेयर नेटवर्थ भने १३४ रुपैयाँ ८० पैसा छ ।