रियलमी युआइ विजेट को–क्रिएट गर्न सहभागिताको आव्हान |
काठमाडौं । संसारमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमी ले रियलमी यु आइ विजेट को क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्व साधारण समेत सहभागि हुन सक्नेछन् ।
विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी युआइ विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ । साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्दितिय अवसर प्रदान गर्नेछ ।
यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ । साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ । यस यु आइ विजेटको मुख्य काम आवश्यक सुचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागिहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ ।
तपाईं आफ्नो होम स्क्रिनमा कुन विजेट राख्न चाहनुहुन्छ ? हामीलाई तल दिइएका विवरणहरु प्रदान गर्नुहोस् र आफ्नो चाहना साकार बनाउने मौकाको सदुपयोग गर्नुहोस् आइडिया प्रदान गर्ने अन्तिम मिति ः कार्तिक २९, २ बजे सम्म छनोट गरिएका आइडियाहरु मंसिर २२ गते सर्वजनिक गरिनेछन् । एक जना सहभागिले एकभन्दा बढी आइडियाहरु प्रदान गर्न सक्नेछन् । यसको लागि को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पुरा गर्नुपर्ने हुन्छ । एम्ँ, म्इऋ, म्इऋह्, एल्न्, व्एन्, व्एभ्न्, फर्म्याटका फाइलहरु मान्य हुनेछन् ।
यदि तपाईंको आइडिया मान्य भएको खन्डमा रियलमी जिटि नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिनेछ । सहभागि सम्पूर्णले नयाँँ रियलमि यु आइ विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउनुहुनेछ ।