सीजी मोटोर्सले भित्र्यायो चाङ्गनको विद्युतीय भ्यान |
काठमाडौं । सीजी मोटोर्सले चाङ्गनको विद्युतीय भ्यान नेपालमा ल्याएको छ। पेसेन्जर कार सेग्मेंटमा निटा भीको सफलता पछि सीजी मोटोर्सले पहिलो चरणमा लाइट कमर्सिअल सेग्मेंट अन्तर्गत चाङगनको भी-५ मोडल नेपाल भित्र्याएको जानकारी दिएको हो ।
केही समयमै भी-७ पनि भित्र्याउने जानकारी कम्पनीले गराएको छ । सीजी मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
बढ्दो इन्धनको मूल्य पश्चात् मध्यम तथा सानो दुरीमा इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्नेसक्ने क्षमताका विद्युतीय भ्यानको ठुलो आवश्यकता छ । सोही आवश्यकतालाई पुरा गर्न सीजी मोटोर्सले चाङगनको भी-५ ल्याएको जनाएको छ ।