जापान सरकारद्वारा गोरखामा नवनिर्मित ५ वटा पूलहरु ह्स्ताणतरण |
काठमाडौं । गोरखा जिल्लाको बाह्किलो–बारपाक सडक वरिपरी अवस्थित जापान सरकारद्वारा पूनː निर्माण गरिएको ५ वटा नयाँ पुलहरु सरकारलाई हस्तान्तरण गरिएको छ । सोमवार गोरखामा आयोजना गरिएको एक औपचारिक समारोहमा नेपाल सरकारलाई उक्त पूलहरु हस्तान्तरण गरिएको हो ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठका साथै नेपालका लागि जापानका राजदुत मासामिचि साइगो तथा जाइका नेपालका नवनियुतm प्रमुख युमिको आसाकुमाको उपस्थिति थियो ।
२०७२ सालमा गोरखा भुकम्प गएको ६ महिना भित्रै जापान सरकार र नेपाल सरकार बिच भुकम्प पछिको अत्यावश्यक पूर्वाधारको पुनː निर्माणको लागी अनुदान सहयोग को निम्ति ३ वटा नयाँ परियोजनामा सम्झौता भएको थियो । जस अन्र्तगत ʽबाह्किलो बारपाक सडकमा पुल निर्माण परियोजनाʼ को लागी ʽनेपालमा भुकम्प पश्चातको पुननिर्माण तथा पुनरुत्थानʼ कार्यक्रमको थालनी गरिएको थियो । उक्त परियोजना अनुसार ९३ करोड जापानीज येन बराबरको रकम यी पुल निर्माणको लागी छुट्याइएको थियो । जसको मुख्य उद्देश्य गोरखा जिल्लामा अवस्थित पुननिर्माणको कार्यहरुको शिघ्र कार्यन्वयन र त्यस वरपरका प्रभावित क्षेत्रहरुमा सहज आवत जावतको वातावरण सिर्जना गर्नु थियो ।
यी ५ वटा पुलहरु मध्ये ः दरौंदि, घट्ठे र राङ्गरुङ्ग खोलामा अवस्थित पुलहरु अनुदान सहयोग अन्तर्गत निर्माण भई गत असार महिनामा समपन्न गरिएको हो । साथै खहरे खोला तथा झयाल्ला खोलामा निर्मित पुलहरु जाइकाको प्राविधिक सहयोग अन्र्तगतको परियोजना वाट सम्पन्न भएको हो ।
नेपालका लागी जापानका राजदूत साइगोले यस पूल निर्माणसँगै नेपाल र जापान बिचको सम्बन्ध अझै प्रगाढ भएको बताउदैं गोरखा जिल्लाबाट अब अरु क्षेत्र, बजार, समुदाय तथा शहर बिच आवत जावत बृद्घि हुनुका साथै यात्रा सहज हुने बताए । उनले यसको प्रयोग बाट गोरखा र वरपरका जिल्लाको आर्थिक कृयाकलापमा टेवा पुग्ने आशा व्यक्त गरे ।
उक्त समारोहमा जाइका नेपालका प्रमुख आसाकुमाले जाइकाको भुकम्प पश्चातको पुननिर्माण प्रतिको प्रतिबद्घता ʽअझ सुदृढ पुननिर्माणʼ अन्र्तगत निरन्तर रहने बताए । साथै यो नयाँ निर्माण भएका पुलहरु मार्फत गोरखा तथा यस वरपरमा जिल्लाहरुको सामाजिक तथा आर्थिक विकासमा थप उर्जा प्रदान हुने कुरामा आशावादी रहेको बताए ।
यस जिल्लाका स्थानीय वासिन्दाले नवनिर्मित पूलहरुवाट लाभान्वित भइे जीवन सहज भएको बताउँदै उक्त पूलहरुलाई ʽजापानिज पूलʼ नामाकरण गरिएको जानकारी दिए । यी पूलहरु नेपाल र जापान बिचको लामो इतिहास बोकेको सुमधुर सम्बन्धको प्रतिक मानिएको छ ।