ज्योति विकास बैंकको कावासोतीमा नयाँ शाखा | बैंकले १० वटा नयाँ शाखा तथा २७ एटीएम संचालनमा ल्याउने
काठमाडौं । ज्योति विकास बैंकले नवलपरासीको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन्।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम छन् । बैंकले आर्थिक बर्षभित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरेको छ । बैंकले १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि लगानी गरेको छ ।
बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ छ । बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ । मर्जरपछि पूँजी ३ अर्ब १० करोड पुग्नेछ ।