राप्रपाको घोषणापत्र : नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा समावेश गरेको छ ।सोमबार राप्रपाले सार्वजनिक चुनावी घोषणापत्र सार्बजनिक गर्दै बरु नष्ट हुने भ्रष्ट नहुने प्रतिबद्धता सहित घोषणापत्र जारी गरेको छ।
राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा समावेश गरेको छ । यसैगरी, उसले भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागू गर्ने पनि प्रतिबद्धता जनाएको छ ।
त्यस्तै राप्रपाले विद्यमान सम्पत्ति शुद्धिकरण ऐनमा सुधार ल्याउने र राजनीतिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ।