मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजममा गौतम र जोशी छनौट |
कैलाली । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले जितेका छन् । शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी जितेका हुन । उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाएका छन् ।
त्यस्तै प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।
अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्चिता लुइँटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिकामा रहेका थिए ।
मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवक गरी जम्मा २६ जना छनोट भएका थिए ।