इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७% ले बढ्यो |
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३.४७% ले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६६.४९% ले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब २७ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।
यसको सञ्चालन नाफा २३.४७% ले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७७५.०२% ले बढेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २४ रुपैयाँ ९२ पैसा (वार्षिक) पुगेको छ ।
गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा छ ।