एभरेष्ट बैंकको नाफा ४८.९५% ले बढ्यो |
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा लगायतका प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ४८.९५% ले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ७२.६८% र सञ्चालन नाफा ४८.८९% ले बढेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसाले बढेर ३६ रुपैयाँ ५८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा छ । आधारदर ९.३०% पुगेको छ भने खराब कर्जा ०.३३ % छ ।