माछापुच्छ्रे बैंकको खुद नाफा १९.६५% घट्यो |
काठमाडौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.६५% ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५.८८% ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ ।
गत वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५.८९% ले बढेको छ भने सञ्चालन नाफामा २०.०१% ले ह्रास आएको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो ।