एनएमबि बैंकको खुद नाफा १३.४३% ले घट्यो |
काठमाडौ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १३.४३% ले घटेर ९० करोड ४१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा यसले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३८७.११% ले बढेर २ अर्ब २३ करोड रुपैयाँ भएको छ ।
गत वर्ष यसको वितरणयोग्य मुनाफा ४५ करोड ८४ लाख रुपैयाँ मात्र रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ४४.४६% ले बढेको छ भने सञ्चालन नाफामा १२.१२% ले ह्रास आएको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६ पैसाले घटेर १९ रुपैयाँ ६९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६ पैसा रहेको थियो ।