नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आव्हान |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले मंसिर ८ गते बाइसौँ वार्षिक साधारण सभा बोलाएको हो।
सो सभा होटल भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे शुरु हुनेछ।
सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश पारित गर्नेछ।