रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने |
काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ।
रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ।
दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए।
विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन्। ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’, उनले भने।