यसपटक परिर्वतनको पक्षमा झापा ५ का जनताले मत दिनेछन ː स्वतन्त्र उम्मेदबार रेवती रमण खनाल |
दमक । सामाजिक अभियान मार्फत आफ्नो छुटै पहिचान बनाएका रेवतीरमण खनालको परिचय यतिबेला फेरीएको छ । खनाल यतिबेला झापा क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बनेका छन् । राजनीतिक विकृति विरुद्ध आफूले उम्मेदवारी दिएको बताउने खनालको चुनाब चिन्ह भने घण्टाघर रहेको छ ।
नेपाली राजनीति विकृति बढदै गएकाले त्यसलाई चिर्न आफूले राजनीतिमा होमिएको र स्वतन्त्र उम्मेदवारी दिएको खनालको भनाई छ । लामो समय सञ्चारकर्म तथा सामाजिक अभियानमा जोडिएका खनालको झापा क्षेत्र नं ५ मा राम्रो प्रभाब रहेको छ । एमाले अध्यक्ष केपी ओलीसँग उनको चुनाबी भिडन्त हुदैछ ।
झापा जिल्ला गौरादह नगरपालिकाका बडा ५ का स्थायी बासिन्दा खनालले नेपाल सरकारको अस्थायी जागिरको अनुवभ का साथै शिक्षण पेशामा समेत काम गरे । उनले शिक्षा बाड्नु पर्छ र यो सबैले पाउनु पर्छ भन्ने मान्यता राख्ने खनालले जाजरकोटमा समेत पुगेर अध्यापन गराएका छन् । समाजिक अभियानकै क्रममा बिभिन्न सामाजिक संस्थाबाट सम्मानीत भएका खनाल सादा जीवन उच्च बिचार राख्ने युवा हुन् । परिवार छ छोरा मध्ये पाँचौ नम्बरका खनाल सानैदेखि समाजसेवा तथा अरुलाई सहयोग गर्न पछि पदैनथे ।
पण्डितका छोरा भएका खनाल सानै देखि धार्मिक संस्कारमा हुर्किए जसको कारण पनि उनको मनमा कहिल्यै अरुलाई हेला गर्नु पर्छ र आफुले मात्र लाभ लिनुपर्छ भन्ने सोच आएन । मुलत राष्ट्रिय मुद्धामा केन्द्रीत खनाल संघीयता ,समानुपातिक निर्वाचन प्रणालीको खारेजी तथा विदेशमा रहेका नेपालीलाई मतदान दिने व्यवस्था गरिनु पर्ने मुख्य एजेन्डा लिएर चुनाबी मैदानीमा उत्रिएका छन् । क्षेत्र नं ५ भित्रको दमक क्षेत्रमात्रै बिकासको प्राथमिकतामा परेको भन्दै गौरीगन्ज, गौरादह, कमल लगायत समग्र ५ नम्बर क्षेत्र भित्रको बिकासमा आफु लागि पर्ने उनको भनाई छ ।
बिकृत राजनीतिले गर्दा भ्रष्ट्रचार, नाताबाद, परिवारबाद, कमिसन, देश बिदेशीको चलखेलमा पसेको लगायतको खेलमा ठूला राजनीतिक दल लागेको कारण नै मुलकुको बिकास नभएको बताउने खनालले त्यसलाई चिर्न पनि आफुले स्वतन्त्र उम्मेदबारी दिएको बताउँछन । झापा ५ का सचेत नेपालीले यो कुरा बुझेका छन जसको कारण परिर्वतनको पक्षमा मत आउने र आफुले जित्ने खनालको दाबी छ ।
संघीयताले खर्च मात्र बढाएको वरु स्थानीय तहलाई अझ अधिकारसम्पन्न बनाउन सके देशमा बिकाससंगै शुसासन कायम गर्न सहयोग पुग्ने खनालको भनाई छ । जनताका मूलभूत यी मुद्दा उठाएर यस क्षेत्रबासीको वीचमा आफूलाई जिताउन अपिल गरिआएको उम्मेदवार खनाल बताउँछन् । लामोसमयदेखि पत्रकारितामा क्रियाशील खनालले स्थानीय विकास निर्माण भन्दा देशलाई कंगाल बनाउन राजनीतिक दलहरु सक्रिय रहेकाले आफू निर्वाचित भए देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न लागिपर्ने बताएका छन् । कृषि क्षेत्रलाई अग्र्यानिक बनाउँने र मल विऊ विजन तथा कृषि उपजको उचित बजार ब्यवस्थापन गर्नुकासाथै बढ्दो बेरोजगारी समस्याको समाधानमा पहल गर्ने खनालको भनाई छ ।