आज शुक्रबार ३ कम्पनीको एजीएम बस्दै |
काठमाडौं । शुक्रबार अर्थात् (असोज ४ गते) ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । जसमा सिटिजन्स बैंकको सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले ९% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्नेछ ।सभा प्रयोजनका लागि बैंकले असोज २८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
गुराँस लाइफ इन्सुरेन्सको सभा पनि शुक्रबार (कात्तिक ४ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई ७.४४% बोनस सेयर र कर तिर्न ०.३९% नगद गरी कुल ७.८३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले समितिबाट पेश भएको यूनियन लाइफ र प्राइम लाइप सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस्तै, रु रु जलविद्युत परियोजनाको साधारण सभा पनि शुक्रबार (कात्तिक ४ गते) बस्दैछ । सभा बानेश्वर ब्यांक्वेट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि यसले असोज २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।