धनतेरसको दिन एनआईबिएलको फण्डमा लगानी गर्नेलाई आधा तोला सुनको सिक्का |
काठमाडौं । एनआईबिएल एस क्यापिटलले हरेक वर्ष झै यस वर्षको धनतेरसको अवसरमा लगानीकर्ताको लागि सोहि दिन पारि लगानी गर्न सक्ने अवसर ल्याएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ ।
सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले सोहि दिन बिहान ११ बजेदेखि अपरान्ह ५ बजे सम्मका लागी विशेष कारोबार सत्र संचालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ ।
यस अफर अन्तर्गत ३० हजार वा सोभन्दा बढि बराबर लगानी गर्नुहुने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्राप्त गर्नसक्ने छन् ।
यस्तै, १० हजार देखि ३० हजारसम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताले समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप पाउनेछन् । विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत गरीने कम्पनीले जानकरी दिएको छ ।
यस क्यापटिल एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड ९खुलामुखी योजना० को योजना व्यवस्थापक रहेको छ ।