२८ औं वर्षमा एभरेष्ट बैंक, आँखा जाँच्ने मेशिन खरिद गर्न ४ लाख ८० हजार सहयोग |
काठमाडौं । एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघलाई डा। राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं। ३ सँग सम्झौता गरेको छ । साथै, बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान समेत गरेको छ ।
बैंकले आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।