आरएसडीसी लघुवित्तको नाफामा १०१.९८% ले बढ्यो |
काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १०१.९८% ले धेरै हो । गत वर्षको यही अवधिमा कम्पनीले १ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा ११२.८८% ले बढेर ५ करोड ४६ लाख पुगेको छ ।
खुद ब्याज आम्दानी पनि ११९.३३% ले बढेर ७ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्नाले नाफा बढ्न पुगेको हो । लघुवित्तको वितरणयोग्य नाफा ३ करोड १० लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले बढेर १८ रुपैयाँ ९९ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा छ । कम्पनीको खराब कर्जा बढेर ०.६०% पुगेको छ ।