तिनाउ विकास बैंकको मर्जरमा जाने संकेत | बोलायो साधारण सभा
काठमाडौं । तिनाउ विकास बैंकले उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर वा एक्वीजिशनमा जाने संकेत गर्दै वार्षिक साधारण सभाको आह्वान गरेको छ ।
बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत शेयर र कर बापतको नगद लाभांश पारित गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।
बैंकले सभामा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने रकम ६ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ३२ लाख एक हजार ६९४ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने भएको छ ।
बैंकको बाह्रौं बार्षिक साधारण सभा पुस ७ गते शनिबार बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवलमा हुने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज गर्ने जनाएको छ । जसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले मा लाभांश र सभामा भाग लिन पाउनेछन् ।