राउण्ड टेबल नेपालको सम्मान समारोह सम्पन्न |
काठमाडौं । राउण्ड टेबल नेपालको सम्मान समारोह सम्पन्न भएको छ । राउण्ड टेबल इन्टरनेशनलमा सम्मानजनक छवि बनाएका व्यक्तिलाई संस्थाले सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा नेपाली नागरिकको तर्फबाट पहिलोपटक राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष बन्न सफल जयन्त अग्रवाल रहेका छन् । त्यस्तै राउण्ड टेबल इन्टरनेशनलका एसिया प्यासिफिक अध्यक्ष सौरभ केडिया, राउण्ड टेबल इन्टरनेशनलका कन्टेन्ट क्रिएटर तथा बोर्ड असिस्टेन्ट विमल सिद्धार्थ वेद पनि सम्मानित भएका छन् ।
उनीहरूलाई राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले ‘मायाको चिनो’ प्रदान गरेका हुन् । सो समारोहमा पूर्वसांसद विमल केडिया, एनएएफ टीएका अध्यक्ष विनोद सेठिया, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका र रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र राजभण्डारीको उपस्थिति थियो ।
त्यस्तै लाइन्स क्लब काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, ४१ क्लब अफ नेपालका अध्यक्ष मनोज दास, लेडिज सर्कल नेपालका अध्यक्ष मानसी अग्रवाल लगायत सहभागी थिए ।