नयाँ ब्रोकर लाइसेन्सको लागि नेप्सेमा आवेदन दिने ४५ कम्पनी सिफारिस(सूचीसहित) |
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सको लागि नेपाल स्टक एक्सचेन्जमा ४५ वटा कम्पनीले निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ४५ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ । नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ । नयाँ ब्रोकर लाइसेन्स ३ किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले ३ किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।
आवेदन दिने ४५ कम्पनी मध्ये डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक मात्रै रहेको छ । नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युरिटिजको नाममा आवेदन मागेको हो । ६० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजीसहित आवेदन दिनेमा सेन्चुरी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, मेगा स्टक मार्केट रहेका छन् । बाँकी ४१ कम्पनीले २० करोड रुपैयाँ चुक्ता पुँजी रहने कमिसन ब्रोकरको लागि आवेदन दिएका छन् ।
बोर्डले तोकेको पुँजी संरचना अनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ निर्धारण गरेको छ । यसले सेयर खरीदबिक्री गर्नेसँगै डीपीको रुपमा काम गर्ने पाउँनेछ । त्यस्तै, मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी ६० रुपैयाँ करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ । नयाँ ब्रोकरको लागि असोज ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।
यी हुन् नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने कम्पनीहरु :