सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय |
काठमाडौं । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको छ ।