सोवा निːशुल्क स्वास्थ्य शिविर |
काठमाडौं । सोवा हेल्थकेयर सेन्टर प्रा.लि. एकान्तकुना ललितपुरको सहयोगमा गोदावरी नगरपालिका वडा नं. २ कोतडाँडा नगर स्वास्थ्यचौकीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
उक्त शिविरमा (३७) दन्तरोग, (३३) स्त्रीरोग तथा (४८) जनरल फिजिशियनद्वारा करिब ८५ विरामीहरुको जाँच गरियो । उक्तशिविरमा नेपाल रेडक्रस सोसाइटि भक्तपुरद्वारा रक्तदानकार्यक्रमको समेत आयोजना गरिएको थियो ।
विशुद्घ समाजसेवाको उद्घेश्यले संचालितउक्तकार्यक्रमको संयुक्त आयोजना बिशंखुनारायण स्वास्थ्यचौकी, कोतडाँडा स्वास्थ्यचौकी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर, रोटरी क्लब (यल) तथा सोवा हेल्थकेयर सेन्टर प्रा.लि. द्वारा गरिएको थियो ।