मूल्यांकनकर्ताहरुको समुदायले कन्क्लेभ गर्दै |
काठमाडौं । मूल्यांकनकर्ताहरुको समुदाय नेपालले अक्टोबर १२ देखि १४ सम्म कन्क्लेभ गर्ने भएको छ । विकास आयोजनाका मूल्यांकनकर्ताहरुको अनुभव आदानप्रदान गर्न, उनीहरुको क्षमता विकास गर्न तथा नयाँ मूल्यांकनकर्तालाई तालिम प्रदान गर्न कन्क्लेभ आयोजना गर्न लागिएको हो ।
दक्षिण एसियामा ३ दिनसम्म चल्ने सो कन्क्लेभ नेपालमा अक्टोबर १३ का दिन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष कन्चन लामाले जानकारी दिइन् । सो कन्क्लेभमा करिब सय जना मूल्यांकनकर्ता सहभागी हुने उनको भनाई छ ।