सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको उर्जामन्त्रीद्वारा स्विच अन गरी टनेल खन्न सुरु |
सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य उर्जा मन्त्री पम्फा भुषालले स्विच अन गरी उद्घाटन गरेकी छिन ।
सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजबाट खन्न लागिएको हो । भेरी–बबई डाइभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो । मरिन खोलबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ ।
मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभर सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । सुनकोशी नदीको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।
कसरी बन्छ आयोजना ?
यो आयोजना मुख्य रुपमा सिँचाइमा केन्द्रित छ । तर, पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
सिंचाइ विभागले यो आयोजनालाई मधेश प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा ब्याख्या गर्दै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेशमा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको विश्वास छ ।
तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिंचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।