हाल सम्मकै उच्च विन्दुमा डलरको भाउ, एक डलरकै १३२.०६ रुपैयाँ |
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार (असोज २८ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०६ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४६ पैसा कायम भएको छ । यसअघि असोज २३ गते १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०२ पैसा र खरिददर १३१ रुपैयाँ ४२ पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।
पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा (भारु) पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।
यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।