३०अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै केन्द्रीय बैंक |
काठमाडौं । तरलताको अभाव टार्न केन्द्रीय बैंकले ३०अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले असोज २७ गते रिपोको बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
यो रिपो कात्तिक ३ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।