नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश |
काठमाडौं । नेपाल बंगलादेश बैंकको मंसिर १३ गते विहिबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको गत वर्ष १२ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ । आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमास सम्म बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २० गुणा बढी छ ।