स्मार्ट वेल्थ प्रो को वार्षिक ग्राहक बन्दा ३५% छुट पाइने, यस्ता छन् फिचर |
काठमाडौं । स्मार्ट वेल्थ प्रो ले तिहारको अवसरमा वार्षिक ग्राहक बन्नेलाई ३५% छुट प्रदान गर्ने भएकोे छ । स्मार्ट वेल्थ प्रो को एक वर्षको सब्सक्रिप्सन लिने ग्राहकहरुले उक्त छुट पाउने कम्पनीले जानकारी गराएको छ । यसैगरी, कम्पनीले अबदेखि आफ्नो फेसबुक पेजमा सेयर बजार सम्बन्धी दैनिक समाचारहरु पनि पोस्ट गर्ने जानकारी गराएको छ ।
स्मार्ट वेल्थ प्रो ले आफ्ना ग्राहकहरुका लागि आधारभूत तथा प्राविधिक विश्लेषण, म्युचुअल फन्ड विश्लेषण, पोर्टफोलियो तथा कम्पनी विश्लेषणका साथै सप्ताहिक न्यूजलेटर लगायत फिचरहरु दिएको छ । साथै, कम्पनीले समय समयमा सेयर बजार सम्बन्धी विभिन्न तालिमहरु पनि उपलब्ध गराउँदै आएको छ ।