सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, १ जना घाइते |
काठमाडौं । सल्यानको कपुरकोटमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।