बैंकर्सद्वय ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदक |
काठमाडौं । ७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गरेको छ । सरकारले ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गरेको हो ।
सीइओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुन् भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् । सोही अवसरमा सरकारले अर्का बैंकर्स शिक्षा भट्टचनलाई विकास रत्न विभूषले सम्मान गरेको छ ।