ग्लोबल आईएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता |
काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेण्टरबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कार्ड विक्री, वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रवीन्द्र ढकाल र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब सो बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले सो अस्पतालमा उपचार गराउँदा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने बैंकले जानकारी गराएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले उक्त सम्झौता गरेको बताएको छ ।