एनआईसी एशियाको अर्को नयाँ शाखा पोखराको बूढी बजारमा |
काठमाडौं । एनआईसी एशिया बैंकले कास्कीको पोखरा महानगरपालिका– २६, बूढी बजारमा नयाँ शाखा कार्यालय सञ्चालना ल्याएको छ । उक्त शाखा कार्यालयको बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले आज उद्घाटन गरेका हुन् ।
नयाँ शाखा कार्यालयको उद्घाटनसँगै अब सो क्षेत्रका उद्योगी, व्यापारी, कर्मचारी र स्थानीय सर्वसाधारणलाई उच्चस्तरी बैंकिङ सेवा प्राप्त गर्नका लागि सजिलो हुने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले देशभर रहेका आफ्ना २६८ शाखा कार्यालय, २७६ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । शाखा सञ्जालको हिसाबमा मुलुककै सबैभन्दा ठूलो बैंक एनआई एशियाको हालको वासलातको आकार रू. २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ ।
ग्राहक संख्या करिब १३ लाख ५० हजार रहेको सो बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय स्थापना गर्ने बताएको छ ।