महिन्द्राले बजारमा ल्यायो पाँच केभीएको पोर्टेवल जेनेरेटर | मूल्य तीन लाख ७५ हजार रुपैयाँ
काठमाडौं । अग्नि इनर्जीले महिन्द्राको पाँच केभीए क्षमताको पोर्टेबल जेनेरेटर बजारमा ल्याएको छ । कमन रेल डिजल सिआरडी इन्जिन प्रविधियुक्त जेनरेटरले अरु जेनेरेटरले तुलनामा इन्धन खपत कम गर्दछ । साथै यसले वातावण प्रदुषण न्यून गर्छ । कम्पनीले ७.५ केभीए देखि दुई सय केभीएसम्मको जेनेरेटर मध्ये पाँच केभीए, दुई सय पचास केभीए र तीन सय ३० केभीएका जेनरेटर नयाँ ल्याएको हो ।
दुई सय १० किलो तौलको यो पोर्टेबल जेनेरेटरमा १५ लिटर डिजल अट्ने क्षमताको फ्युल ट्याङ्क जडान गरिएको छ । यो जेनेरेटर चार सय ४१ सीसीको छ ।
तीन लाख ७५ हजार रुपैयाँ मूल्यको पोर्टेबल डिजल जेनेरेटर घर देखि साना उद्योगका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ । नेपालका दुर्गम देखि सुगम क्षेत्रमा संचालित साना होटल तथा उद्योगलाई विद्युतीय ब्याकअप दिने उद्धेश्यले कम्पनीले पाँच केभीएको जेनरेटर ल्याइएको कम्पनीको भनाई छ ।