BoAt को नयाँ उपकरणहरु अब नेपाली बजारमा |
काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड “boAt” अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ ।
नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।
स्क्वायर डायल भएको Wave Pro 47,, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, 500 nits ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम boAt ASAP चार्ज टेक्नोलोजीको सात दिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्दछ ।
Wave Pro 47मा भएको IP67 ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध Wave Pro 47 को मूल्य ६ हजार ४९९ रहेको छ ।यस कम्पनीले BoAt को सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sportस्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् ।
यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ। यसमा १००+ फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । Xtend Sport नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ मूल्यमा उपलब्ध छ ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड- Rockerz 330 / Rockerz 255 Pro Plus पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै दयब्त सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्द छन् । बजारमा यसको मूल्य रु. ३ हजार ३९९ देखि ३ हजार ४९९ सम्म रहेको छ ।
टेलिटक प्रा. लि. का कार्यकारी निर्देशक प्रतीक जालानले भने, “विगत केही महिना देखि हामीले हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई BoAt को स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ । हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले BoAt को उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।”