सरकारद्वारा मौलिक घर बनाउनेलाई ५० हजार अनुदान |
काठमाडौं । सरकारले मौलिक परम्पराअनुसार भूकम्पले भत्किएका घर पुननिर्माण गरे थप ५० हजार रुपैयाँ अनुदान दिने भएको छ । भूकम्प पीडिलताई सरकारले तीन किस्ता गरी तीन लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
नेपाली मौलिक परम्परा अनुसार घर निर्माण गरेमा सो रकम थप ५० हजार अनुदान स्वरुप पाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन् ।
नेपालको मौलिकता कायम राख्न भूकम्प पीडितलाई प्रोत्साहन गर्न सो रकम उपलब्ध गराउने निर्णय भएको ज्ञवाली बताए ।
साथै सरकारले भूकम्प पीडितको घर भत्काउँदा सँगै टासिएको घरलाई असर पर्न गएमा सो घरले पनि भूकम्प पीडितको सरहनै अनुदान पाउने व्यवस्था समेत गरेको ज्ञवालीले बताए ।