पालुङ्गटारलाइ स्मार्ट सिटि बनाउने अर्थ मन्त्रीको घोषणा |
पालुङ्गटार । अर्थ मन्त्रि जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए ।
पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै सँघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । “स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।“ उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
“नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु“– मन्त्री शर्माले पालुङ्ग्टारमा उपश्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताए ।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराए ।
सघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफुलाई यो चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए । यो गठबन्धन कसैलाई साँसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए ।
सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपलब्धि भएको पनि उनले बताए । सँघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको बिचार व्यक्त गर्दै उनले जोड दिए – “सँघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन।“
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उनले बताए । बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै वैँकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए ।
दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउसो पालुङ्टार आएका भएको थियो । लिगलिग पालुङ्टार उद्योग वाणिज्य सँघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक सँस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।