अरुणिमा कलेजको रोजगार मेला सम्पन्न |
काठमाडौं । भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासंग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला आयोजना गर्यो |
कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दा बढी युवाहरुको सहभागिता रह्यो | मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत बिबरणहरु संकलन गरि आफुलाई आबश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको बताए |
कार्यक्रमको उद्घाटन कलेज संचालन समितिका अध्यक्ष भिमानन्द ढुंगानाले गरे |
एकदिने मेलामा सुचना प्रबिधि, बैकं तथा वित्तीय संस्था, फुड एण्ड बेभरेज, तयारि पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरुको सहभागी थिए |
कलेजका प्राचार्य केशब जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलाइ हौस्याएको बताए | “६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भए र सहभागी कम्पनीका प्रतिनिधिहरुसंग आवेदन दिए | कम्पनीहरु पनि खुशी छन्,” जोशीले बताए | कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामका खोजीमा रहेको युवाहरुलाइ रोजगारदाता कम्पनीहरुहरुसंग जोड्नु रहेको बताउंदै जोशीले मेलालाइ कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने बताए |
त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेला सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुबैलाई फलदायी भएको बताए | “सहभागी कम्पनीहरुल आफुलाई चाहिने जनशक्ति छनौटको प्रक्रिया शुरु गर्न पाए भने भर्खरै कलेज सकाएका बिद्यार्थी र कामको खोजीमा रहेका युवाहरुले कर्पोरेट क्षेत्रमा काम कसरि हुन्छ नजिकबाट बुझ्न पाए,” आचार्यले बताए |
फुड स्टल, फेस पेन्टिंग, फोटो बुथ र बिभिन्न मनोरन्जात्मक गतिबिधिहरु मेलाका अन्य आकर्षण थिए |
अरुणिमा कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस र बिसीए कार्यक्रम संचालन गरिरेको छ |