अछाममा पहिरोको बिनासबाट मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावली सहित) |
काठमाडौं । अविरल वर्षासँगै अछाममा अचानक आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । शुक्रबार राती जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर शनिबार साँझसम्ममा २२ जनाले ज्यान गुमाएका हुन् ।
पहिरोमा पुरिएर मृत्यु भएका २२ जनाकै प्रहरीले सनाखत गरेको छ । मृत्यु हुनेहरुमा ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाही रहेका छन् ।
यसैगरी कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्र्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोमा परी अझै ११ जना बेपत्ता रहेका छन् ।